राता मकैलाई जन्मदिनमा आँप र केरा उपहार



काठमाडौं : हास्यकलाकार किरण केसी अर्थात रातामकै ले असार १५ मा आफ्नो जन्मदिन मनाएका छन् ।  चलचित्रकर्मी र पत्रकारलाई बोलाएर उनले दहि चिउरा खुवाएर जन्मदिन मनाएका हुन् । 

निर्माता, कलाकार तथा समाजसेवी किरण केसीको जन्मदिनमा शुभकामना दिनका लागि हाँस्य क्षेत्रका अधिकांश कलाकार उपस्थित थिए ।

केसीले आफ्नो जन्मदिनको अवसर पारेर कलाकार राजाराम पौडेल र पत्रकार अनन्त वाग्लेलाई जनही १० हजार नगद र सम्मानपत्रसहित सम्मान समेत गरे । 

कार्यक्रममा उपस्थित अधिकांशले किरणको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । रेडियो अडियो टिमले भने उनको जन्मदिनमा केक काट्दै आँप र केरा उपहार दिएका थिए ।

उनले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्म ‘लक्का जवान’ बनाउने घोषणा गरेका छन् । कलाकार किरण केसीले हरेक बर्ष जन्मदिनमा पाउने मायाले आफू भाग्यमानी भएको खुलाए ।

प्रतिक्रिया दिनुहोस्