चेन्नईमा पानी अभाव हुँदा रजनीकान्तकी छोरीले जब स्विमिङ पुलको फोटो पोस्ट गरिन्…



भारतको चेन्नई सहर यतिबेला पानी अभावको चपेटामा छ। यस्तो गर्मी मौसममा अभिनेता रजनीकान्तकी छोरीले भने स्विमिङ पुलको एक तस्बिर सार्वजनिक गरिन्। जुन सामाजिक संजालमा भाइरल नै बनाइएको छ। रजनीकान्तकी छोरी सौन्दर्याले आफ्नो छोरा वेदलाई काखीमा च्यापेर स्विमिङ गरिरहेको तस्बिर सार्वजनिक गर्दा अनेक टिप्पणी भएका छन्।

User Image

तस्बिरमा सौन्दर्याले छोरालाई पनि स्विमिङ सिकाउँदै गरेको देखिन्छ। तस्बिरमा लेखेकी छन्, ‘बच्चालाई चाँडै सिकाइयो भने पछि उ स्वयं सक्षम बन्ने छ। स्विमिङ गर्नु जरुरी पनि हो।’ सौन्दर्याको सोही तस्बिर र स्टाटस ट्रोल नै बनाइएको हो।

चेन्नई सहरमा पानीको समस्याका बीच सौन्दर्याको यस्तो तस्बिर सार्वजनिक हुँदा धेरैले ट्रोल नै बनाएका हुन्। तर सौन्दर्याले भने अत्याधिक टिप्पणी आएपछि उक्त तस्बिर नै हटाउने बताएकी छन्। आफूले पानी अभावलाई व्यंग्य गर्न भन्दा पनि बच्चालाई स्विमिङ सिकाउने उद्देश्यले यस्तो तस्बिर सार्वजनिक गरेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्