राष्ट्रिय पुरुष हक्कीको शीर्ष स्थानमा सेना र सुदूरपश्चिम प्रदेश



विराटनगर । नेपाली सेना र सुदूरपश्चिम प्रदेश शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको शीर्ष स्थानमा छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपाली सेना, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भए। पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित ग¥यो । सेनाका रोमन राना र प्रदीप राजवंशीले समान ४–४ गोल, सुमितकुमार कामीले २ गोल र राजेन्द्र कार्कीले १ गोल गर्दै टिमलाई विजयी बनाए ।
म्यान अफ द म्याच सेनाका प्रदीप राजवंशी भए। दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलअन्तरमा हरायो । सुदूरपश्चिमका महेश नेपालीले ३ गोल, सुरेशप्रसाद जोशीले २ गोल, केशव जोशी र दीपकराज जोशीले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।
मधेस प्रदेशका रञ्जन महतोले एक गोल फर्काए । म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका गणेश खगुना भए । त्यसैगरी, तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोल अन्तरमा पराजित ग¥यो । लुम्बिनीका लागि सुरजकुमार घर्तीले २ गोल, योगेशकुमार बाँधारे र अद्नान अन्सारीले समान १–१ गोल गरे। प्रदेश १ का लागि नरेश थापा मगरले गोल गरे ।
म्याद द म्याद म्याच लुम्बिनी प्रदेशका सलमान शेख भए । नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान २–२ खेल जित्दै ६–६ अंकका साथ अगाडि रहेका छन् । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बाग्मती प्रदेश दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्