ब्राजिल भर्सेस अर्जेन्टिना : पहिलाे हाफमा ब्राजिल अगाडि



काठमाडाैं : काेपा अमेरिकाकाे जारी पहिलाे सेमीफाइनलअन्तरगत अर्जेन्टिना र ब्राजिलबीचकाे खेल चलिरहेकाे छ। पहिलाे हाफकाे समाप्तिसँगै ब्राजिल एक गाेलले अघि छ।

मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले बल नियन्त्रणमा लिँदै फिर्मिनोलाई पास दिएका थिए। फिर्मिनाेले उक्त पास पेनाल्टी क्षेत्रभित्रबाट लो क्रसमा जेससलाई दिएका र उनले उक्त पासलाई भली तरिकाले गाेलमा परिणत गरेका थिए।

खेलको ३० औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमायो। कप्तान लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई सर्जियो अगुएरोले हेड गरे पनि त्याे क्रसबारमा लागेर फर्किएको थियो। त्यसपछि ३६ औं मिनेटमा मेस्सीले दिएको पासमा अगुएरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिल्भाले छेकेका थिए।

प्रतिक्रिया दिनुहोस्