चीनको संघाईमा कोरोना संक्रमण पत्ता लगाउन कडा लकडाउन



संघाई । चीनको संघाईमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ ।

संघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो । जसमा आवासीय परिसर र कार्यस्थलहरू बन्द गरिएको थियो । तर, अहिलेको लकडाउन अहिलेसम्मकै सबैभन्दा कडा गरिएको हो ।

चीनको सबैभन्दा बढी जनसंख्या भएको सहर संघाईमा सोमबारबाट दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो । लकडाउन भएको १ दिनपछि नै थप कडाईका साथ लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्