images

छात्रामात्र पढ्ने ७७ वर्ष पुरानो ऐतिहासिक विद्यालय

द नेपालटप | प्रकाशित: २०७६-३-२२ गते
छात्रामात्र पढ्ने ७७ वर्ष पुरानो ऐतिहासिक विद्यालय

नेपालगञ्ज : तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो ।

हो, यही सरस्वती विद्यालयमा विगत ७७ वर्षदेखि छात्राले मात्र अध्ययन गर्न पाउँछन् । “छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्व केदारनाथ टण्डन र स्व रामगोपाल टण्डनको सक्रियतामा विसं १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो”, नेपालगञ्जका ७१ वर्षीय समाजसेवी विष्णुलाल कुम्हालको भनाइ छ ।

त्यसताका बाँकेमा छोरालाई मात्र पढाउनु पर्छ भन्ने मान्यता थियो । छोरीलाई छोरासँगै विद्यालय पठाए बिग्रन्छन् भन्ने मान्यताले समाजमा जरो गाडेको थियो । यही मान्यतासँग लडेर शिक्षाप्रेमी केदारनाथ र रामगोपालले यो विद्यालय स्थापना गर्न सफल हुनुभएको हो, समाजसेवी कुम्हालले विगतको स्मरण सुनाउनुभयो ।
 
विद्यालय स्थापनापछि छात्रालाई अध्यापन गराउन शिक्षिकाको जिम्मेवारी रामकुमारी मेहरोत्रालाई दिइएको थियो । शुरुआती चरणमा ६/७ मात्र छात्रा विद्यालयमा अध्ययन गर्ने यो विद्यालयमा अहिले ७०० भन्दा बढी छात्रा अध्ययनरत छन् । छात्रा मात्र पढ्न पाउने र शिक्षिकाले मात्र पढाउन पाउने व्यवस्था गरिएकामा अहिले शिक्षिकाको अभावमा शिक्षकको पनि व्यवस्था गरिएको छ । विसं २०६५ सम्म महिला प्राचार्यले नै विद्यालय सञ्चालन गरिरहेको अवस्था पनि फेरिएको छ । विद्यालयमा अहिले सुरेशकुमार परसैला प्रधानाध्यापकको भूमिकामा हुनुहुन्छ । 

“विद्यालयमा कक्षा १२ सम्मको पढाइ शुरु भएपछि प्रधानाध्यापकका लागि हुनुपर्ने योग्यतामा महिला नपाएपछि पुरुष शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको हो”, प्रधानाध्यापक परसैलाको भनाइ छ । यो विद्यालयमा अहिले शिक्षिकाकै सङ्ख्या बढी छन्, तर त्यसकै हाराहारीमा शिक्षक पनि अध्यापनमा संलग्न छन् । 

“छोरी मात्र अध्ययन गर्ने भएकाले सरस्वती विद्यालयका विद्यार्थीबीच कुनै किसिमको द्वन्द्व छैन, सधैँ शान्त वातावरणमा विद्यालयको पठनपाठन हुने गरेको छ । छात्रा पनि निर्धक्क विना डर, त्रास रमाएर पढ्ने गरेका छन्”, प्राचार्य परसैलाको भनाइ छ । 

छात्रा मात्र अध्ययन गर्न पाउने जस्तै अर्को विद्यालय पनि यस वर्षदेखि नेपालगञ्जमा सञ्चालन गरिएको छ । छात्रछात्रा दुवै पठन पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यस वर्षदेखि छात्रा मात्र अध्ययन गर्न पाउने भएका छन् ।नेपालगञ्जका अधिकांश मधेशी र मुस्लिम समुदायहरू छोरीलाई छात्रा विद्यालयमा मात्र पढाउन रुचि राख्ने भएकाले प्राथमिक तहको अर्को छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

आजको राशिफल : साउन ७ गते, मंगलबार 

आजको राशिफल : साउन ७ गते, मंगलबार 

आज- ०७ साउन २०७६ मंगलबार, इ.स. २०१९ जुलाई २३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्द..

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

तनहुँ : आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा &..

साउने सोमबारको व्रत किन बस्ने ? यस्तो छ धार्मिक महत्व

साउने सोमबारको व्रत किन बस्ने ? यस्तो छ धार्मिक महत्व

काठमाडौं : साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने..

रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको घाँटी रेटी हत्या

रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको घाँटी रेटी हत्या

सुनसरी : जिल्लाको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भार..

छोराद्वारा बुवाको हत्या, आमा गम्भीर घाइते  

छोराद्वारा बुवाको हत्या, आमा गम्भीर घाइते  

धनगढी : कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रयोग गरी बुवाको हत्या गरेका हुन् ।..