यी हुन् एआईजीमा बढुवा भएका तीन प्रहरी



काठमाडाैं: सरकारले नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार सरकारले पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गरेको हो ।

सरकारले उनीहरूको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार, कार्कीलाई प्रहरी मुख्यालयको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्