थपिए ३३ जना कोरोना संक्रमित, मृत्यु शून्य



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने भने कसैको पनि मृत्‍यु भएको छैन । हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्