धनुषामा तालिमप्राप्त कुकुर, अपराध न्युनीकरणमा सहयोग 



जनकपुरधाम : प्रदेश २ प्रहरी कार्यालयले धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढको प्राङ्गणमा सोमबार केनाइन शाखा स्थापना गरेको छ। शाखामा अनुसन्धान गर्न तालिमप्राप्त पाँच विशेष कुकुरसमेत मगाइएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा हुने अपराध तथा अपराधिक गतिविधि न्यूनीकरण, नियन्त्रण, जघन्य प्रकृतिका अपराध अनुसन्धान तथा अतिविशिष्ट, विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षालगायत अन्य प्रहरी कार्य सहज बनाउन उक्त शाखा स्थापना गरिएको हो। शाखामा हाल ४ वटा तालिमप्राप्त कुकुर छन्। 

उक्त कुकुरहरुको प्रयोग यस प्रदेशअन्तर्गतका जिल्लाहरुमा घटित अपराध अनुसन्धान कार्यमा ट्रयाकिङ्ग अपराधीको खोजी, विष्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा  अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षालगायत कार्यमा प्रयोग गर्न सकिने प्रदेश प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्