फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित



काठमाडौँः नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ । 

 

आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास भएको छ । 

 

मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन, उनले भने । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ । 

 

भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ । भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उनको भनाइ छ । 

 

नेपाली बजारमा ६ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट  ४० लाखको फूल आयात भइरहेको जनाइएको छ । फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ ।  बजारमा सयपत्री प्रतिमाला  ४० देखि एकसयसम्म बिक्री भइरहेको छ भने मखमली प्रतिमाला  २५ देखि ४० सम्म बिक्री भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्