अमेरिकी निर्वाचनमा ह्यारी भण्डारी विजयी, रचे इतिहास



काठमाडौंः अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी हुनुभएको छ । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ डेमोक्र्या्िटक उम्मेदवारबाट चुनाव लड्नु भएको थियो ।

 

अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल हुनुभएको छ । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुनुहुन्छ । नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उहाँ अमेरिका जानुभएको थियो । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउने गरेको थियो  ।

 

गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्या्िटक दलका तर्फबाट उहाँ दोश्रो स्थान हासिल गरी बिजयी बन्नुभएको हो । उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्