भारत र न्युजिल्याण्डको अबरुद्ध खेल आज, वर्षा नरोकिए को पुग्छ फाइनलमा ?



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटअन्र्तगत वर्षाले अबरुद्ध भारत र न्युजिल्याण्डबीचको दोस्रो सेमिफाइन खेल बुधबार (आज) हुँदैछ। न्युजिल्याण्डले मंगलबार म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो।

म्यानचेस्टरमा करिब साढे ४ घण्टा वर्षा भएको थियो। वर्षाले खेल प्रभावित भएपछि अम्पायरले बाँकी खेल ‘रिजर्भ डे’ नियमका आधारमा आज गराउने निर्णय लिएका थिए। ‘रिजर्भ डे’ भन्नाले जहाँ खेल रोकिएको छ त्यहीँबाट सुरु गर्ने नियम हो।

अब न्युजिल्याण्डले रिजर्भ डेका आधारमा आज ४६.२ ओभरबाट खेल सुरु गरेर आफ्नो ब्याटिङ पुरा गर्नेछ। सञ्चारमाध्यमका अनुसार म्यानचेस्टरमा आज पनि वर्षा हुने ६५ प्रतिशत सम्भावना छ। यदि आज वर्षा भएमा आइसीसीले ओभर घटाउन सक्छ। डकवर्थ लुइस नियमका आधारमा भारतलाई ओभर घटाएर लक्ष्य दिइनेछ।

तर, लगातार पानी परेमा भने लिग चरणको अंकका आधारमा भारत फाइनलमा प्रवेश गर्नेछ। किनभने भारत शीर्ष स्थानमा छ। न्युजिल्याण्ड चौथो स्थानमा छ। खेल भएको अवस्थामा रोस टेलर र टोम लाथम क्रिजमा हुनेछन्। 

प्रतिक्रिया दिनुहोस्