थपिए १३ जना कोरोना सङ्क्रमित, ४४ जना निको



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन्। ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्