विश्वकप क्रिकेट : भारतको ५ रनमा ३ विकेट पतन



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको भारतले खराब सुरुवात गरेको छ। भारतले मात्र ५ रन जोड्दा ३ विकेट गुमाइसकेको छ।

भारतले ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहलीलाई समान १–१ रनमा गुमाएको छ। न्युजिल्याण्डका म्याट हेनरीले २ तथा टेन्ट बोल्डले १ विकेट लिए।

अहिले क्रिजमा रिषब पन्त र दिनेश कार्तिक खेलिरहेका छन्। यसअघि वर्षाले प्रभावित गरेपछि दुई दिन भएको सेमिफाइनलमा न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्