लुकिरहेका अपराधीले पादेपछि प्रहरीले गर्‍यो पक्राउ



काठमाडौं : अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले खोजिरहेको थियो । उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे ।

पक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि दिसे हुन्छ,’ क्ले काउन्टी शेरिफ्स अफिसले फेसबूक पोस्टमा लेख्यो ।

लिबर्टी प्रहरी विभागले पनि यस घटनाको बारेमा ट्वीट लेख्यो । उनी पक्राउ पर्दा कोही पनि घाइते नभएको भन्दै उसले ट्वीट गरेको हो । 

स्थानीयहरूले सामाजिक सञ्जालमा प्रहरी विभागलाई अपराधी समातेकोमा धन्यवाद दिए । 

प्रतिक्रिया दिनुहोस्