डेलिभरीका क्रममा शिशुकाे मृत्यु भएपछि जानकी हेल्थ केयरमा तनाव



जनकपुरधाम : शिशुकाे मृत्यु भएपछि जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा तनाव भएकाे छ । सुत्केरी व्यथाले च्यापेकी बर्दिवास नगरपालिका-१४ बस्ने सृजना देवीलार्इ मंगलबार राति जानकी हेल्थ केयर सेन्टरमा भर्ना गरिएकाे थियाे । 

 

बुधबार राति डाक्टर नभएकाे वेला नर्सले डेलिभरि खाेज्दा शिशुकाे मृत्यु भएकाे थियाे । मृत्यु हुनुमा नर्सहरुकाे लापरबाही भएकाे अाराेप लगाएका छन् । आक्रोशित पीडित पक्षले कुरा बुझ्न खोज्दा जानकी हेल्थ केयरका एक्सरे टेक्निसियन आर्दश यादवले हातपात गरेपछि विवाद उत्पन्न भएकाे थियाे । 

 

 विवादले झडपकाे स्थिति सृजना हुँदा केहीले अस्पतालका बाउन्सरहरुले कुटपिट गरेको पीडित सृजनाका देवर अनुराग कुमार महतोले बताए । झडपमा परेर पीडित शृजनाका काका करिब ४० वर्षिय किशोरी महतोको आँखा फुटेको छ । उनको जनकपुरमा उपचार सम्भव नभएपछि जानकी हेल्थ केयरले काठमाडौ तिलगंगा अाँखा अस्पतालमा रेफर गरेको पीडित सृजनाका वुवा उमेश महतोले बताए ।

 

 झडपको क्रममा प्रहरीले पीडितका भार्इ मोहन महतो र  अस्पतालका एक्सरे टेक्निसियन आदर्श यादवलार्इ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । यता अस्पतालका प्रशासन प्रमुख राजेश यादवले आफू खाना खान घर गएको बेला घटना घटेका बताएका छन्  । पीडित पक्षले न्यायका लागि मानव अधिकारकर्मी र संचारकर्मीलाई गुहारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्