अमेरिकी संसदमा नेपालीमूलका भण्डारी निर्वाचित, को हुन् भण्डारी ?



 

वासिङटन :   मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित भएका छन् ।

 

बाल्टिमोर काउन्ट्रीको मेरिल्यान्ड डिस्ट्रिक बाट विधायकसभा (स्टेट डेलिगेटस)मा उनले जित हासिल गरेका हुन् । अमेरिकाको राजनीतिक तहमा रहेका नेपालीमूलका व्यक्तिमध्ये भण्डारी नै सबैभन्दा उच्च तहमा पुगेका छन् । तीनजना निर्वाचित हुनुपर्ने ठाउँमा दोस्रो हुँदै उनी निर्वाचित भएका हुन् । उनले २० हजारभन्दा बढी मत ल्याएका छन् ।

 

भण्डारी डेमोक्र्याटको तर्फबाट उम्मेदवार बनेका थिए । गत जुनमा उनी डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । पर्वतबाट २००५ मा अमेरिका नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका आएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक थिए भने अमेरिकामा पनि प्राध्यापन पेसामै आवद्ध छन् । ४१ वर्षीय भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिन्छन् ।

 

गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएर निर्वाचित भएका थिए । यसअघि, सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बनेका भण्डारी त्यतिबेला भने पराजित भएका थिए । अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्दछ । दुई वर्षपहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो ।

 

अहिले केन्द्रीय प्रतिनिधिसभाको ४३५ सिट, केन्द्रीय सिनेटको १०० मध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो ।

 

 

रासस

प्रतिक्रिया दिनुहोस्