आईपीएल : चेन्नई गुजरातसँग पराजित



काठमाडौं । चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ ।

आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे । जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्