युक्रेनका पाँच सहर रुसको निसानामा, लिभिभ सहरमा पाँचवटा क्षेप्यास्त्र प्रहार



एजेन्सी । रुसले युक्रेनका पाँच सहरलाई निसाना बनाएको छ । युक्रेनमाथिको हमलालाई सशक्त बनाउँ गएको रुसले सोमबार बिहान युक्रेनको लिभिभ सहरमा मात्र पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको छ भने अन्य सहरहरुमा पनि सैन्य कारबाहीलाई तीव्रता दिएको छ ।

रुसले मारिउपल सहरको दक्षिणी बन्दरगाहमा पूर्ण नियन्त्रण गरेको दाबी गरेसँगै आक्रमणलाई पनि सशक्त बनाउँदै गएको युक्रेनको दाबी छ । पछिल्लो समय रुसको आक्रमण मारीउपल, किभ, लिभिभ खार्किव लगायतका सहरमा बढी केन्द्रित रहेको अन्तराष्ट्रिय संचारमाध्यम रोयटर्सले जनाएको छ ।

रुसले आइतबार मात्र पूर्वी युक्रेनको मारिउपोल सहर पूर्णरूपमा नियन्त्रण गरेको घोषणा गरेको थियो । यता रुसका प्रधानमन्त्री डियन्स सियमल भने हालसम्म पनि मारीउपल क्षेत्रमा युक्रेन र रसियाबीच भिडन्त जारी रहेको बताएका छन् ।

युक्रेनका अनुसार पछिल्लो चार खार्किवमा १८ जना सर्वसाधरणको मृत्‍यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छ्न् । रुसले भने सर्वसाधारणलाई केन्द्रित गरी हमला गरिएको भन्ने युक्रेनको आरोपलाई नकार्दै शान्तिवार्ता टार्ने षडयन्त्रको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्