युक्रेनको लभिभमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्य



एजेन्सी । पश्चिमी युक्रेनको लभिभ शहरमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ । लभिभ शहरका मेयर आन्द्रई सादोभीले रुसी आक्रमणका कारण ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

यसअघि युक्रेनी अधिकारीले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको जनाएका थिए । मेयरका अनुसार आक्रमणका कारण पूर्वी युक्रेनबाट विस्थापित भएका मानिसहरुलाई राखेको होटेलमा समेत क्षति पुगेको छ ।

रुसी आक्रमणका कारण शहरमा ठूलो विष्फोटको आवाज सुनिएको एपीले जनाएको छ । स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर तथा भिडियोमा आक्रमण भएको स्थलबाट आगोको लप्का र धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

युद्धको चपेटामा परेको पूर्वी क्षेत्रबाट टाढा रहेको लभिभ शहर विस्थापितहरुका लागि सुरक्षित स्थलमात्र नभएर पश्चिमा मुलुकहरुले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य एवम् मानवीय सहायता आपूर्तिका लागि महत्वपूर्ण केन्द्रका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्