आसाममा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु



एजेन्सी । भारतको आसाम राज्यमा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि भएको भीषण वर्षासंगै परेको चट्याङ्म र हुरीले २३ नागरिकको मृत्यु भएको हो ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार चट्याङ र हुरीले दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ। शुक्रबारदेखिको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्