यो तिहारमा पनि बालगोपाल रानीपोखरी बाहिरै



काठमाडौं : रानीपोखरीबीचको बालगोपालेश्वर मूर्ति तीन वर्षदेखि राष्ट्रिय संग्रहालय, छाउनीमा छ । दिदी–बहिनी नहुनेका लागि वर्षमा एक पटक मात्रै खुल्ने मन्दिरमा यही मूर्ति साक्षी राखेर भाइटीका लगाउने परम्परा थियो ।

भुइँचालो आएपछि पनि यो परम्परात रोकिएको छैन । तर, त्यस दिनका लागि हरेक वर्ष संग्रहालयबाट यहाँ मूर्ति ल्याउनुपर्छ । यो वर्ष पनि भाइटीकालाई मूर्ति ल्याउने तयारी भइरहेको छ ।

सरोकारवाला निकायको ‘बखेडै–बखेडा’ले यसको पुनर्निर्माणमा अन्योल सिर्जना भएको छ । २०७३ सालको भाइटीकामै खोल्ने गरी निर्माण गर्ने तयारी भइरहेको थियो यो मन्दिर । २०७२ माघ २ मा राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले पुनर्निर्माणको शिलान्याससमेत गरेकी थिइन् ।

महानगरले शिलान्यास भएको पाँच महिनापछि पुनर्निर्माण सुरु गरेको थियो । तर यसको निर्माण गर्दा प्राचीन स्मारक संरक्षण ऐनविपरीत भएपछि सम्पदा संरक्षण अभियन्ताले विरोध गरेका थिए। त्यसपछि निर्माण रोकिएको थियो । त्यसयता पोखरी सुकेको छ । मन्दिर लथालिंग छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्