चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घटेको छ । अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको मूल्य हप्ताको पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्