तलब लिन आजदेखि प्यान अनिवार्य, नत्र तलब नपाइने !



काठमाडौं : सरकारले आज (बुधबार)देखि अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लागू गरेको छ । प्यान नम्बर अनिवार्य गरेपछि अब कुनै पनि फर्म तथा निकायले प्यानबिना तलब दिन पाउने छैनन् । 

तलब संस्थाको खर्चमा जोडिने भएकोले प्यानबिना तलब दिन पाइनेछैन । कुनै पनि कर्मचारीलाई तलब बैंक खातामार्फत नै दिनुपर्ने छ । 

केन्द्रीय तथ्यांक विभागका अनुसार हालसम्म ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान छन् भने करिब ९ लाखले मात्र प्यान नम्बर लिएका छन् ।

स्थायी लेखा नम्बर नभएको १ हजार रुपैयाँभन्दा माथिको मूल्यको बिजकबापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था बजेटमा गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार १ हजारभन्दा कम पारिश्रमिक हुनेले मात्रै नगदमा भुक्तानी पाउनेछ । प्यान नम्बर लिन अनलाइन फारम भर्नुपर्ने छ  । 

अनलाइ फारम भर्ने तरिका

आन्तरिक राजस्व विभागको वेबसाइट  www.ird.gov.np  मा गएर अनलाई फारम गर्न सकिन्छ । 

विभागको वेबसाइट www.ird.gov.np  मा जाने । टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानुहोस् । त्यसपछि एप्लिकेसन फर रजिस्ट्रेसनमा क्लिक गरी नामथर भएको बक्समा आफ्नो नामथर लेख्नुहोस् ।

त्यसपछि युजर नेममा आफूले सम्झने नाम राख्नुहोस् । पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस् । सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो, सो ठेगाना आईआरओ नम्बरमा खुलाउनुहोस् । त्यसपछि ओके बटनमा थिच्नुहोस् ।

त्यसपछि तपाईंको व्यक्तिगत विवरण माग्नेछ । सोअनुसार भर्दै जानुहोस्, र सबमिट गर्नुहोस् । सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ । त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् । सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस् ।

कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ । यसका लागि कुनै शुल्क लाग्नेछैन ।

 

प्रतिक्रिया दिनुहोस्