खोटाङमा जीप दुर्घटना: एकको मृत्यू, तीन घाईते



खोटाङ : खोटाङको दिक्तेलबजारमा जीप दुर्घटना भएकाे छ  । केपीलासगढी गाउँपालिकाको बाक्सीला बजारबाट यात्रु लिएरआउँदै गरेको ना –१ ज ३६९८ नम्बरको जीप बुधबार बेलुका ९ः३० मा दिक्तेलबजारस्थित कारागार नजिक दुर्घटना भएको छ ।

 

दुर्घटनामा परि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ घर भएका ४१ वर्षिय व्यापारी दिपक रसाईलीको मृत्यू भएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका रसाईलीलाई थप उपचारको लागि जिल्ला अस्पताल ल्याउँनेक्रममा बाटैमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी कन्ट्रोलले बताएको छ ।

 

यस्तै दुर्घटनामा परि सिन्धुली जरायोटार बस्ने वर्ष २३ रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका– १३ नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाईते भएका छन् । उनिहरुलाई उपचारको लागि काठमाण्डौं पठाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–९ निर्मलीडाँडाका २४ वर्षीय तेन्जिङ शेर्पा भने सकुल रहेको प्ररहीले जनाएको छ ।

 

दुर्घटना के कारणले भएको हो भन्ने खुलीसकेको छैन । दुर्घटना लगत्तै शेर गण मुडे व्यारेकका नेपाली सेना, प्रहरी र बजारबासीले घाईतेहरुको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्