९ महिनामा ३ अर्ब ३० करोडको सारी तथा धोती भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो। पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २ सय १७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ।

चीन, जर्मनी, भारत, इन्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट सो अवधिमा नेपालमा सारी, लुङ्गी र धोती भित्रिएको छ।

नेपालमा सबैभन्दा बढी सारी भारतबाट आउने गरेको छ। बितेको नौ महिनामा भारतबाट ३ अर्ब २४ करोड ३२ लाख ६७ हजार रुपैयाँको ८८ लाख ८४ हजार ८ सय ८० थान सारी, लुङ्गी र धोती नेपाल आएको छ। गत आर्थिक वर्ष ३ अर्ब ५३ करोड ९७ लाख ४२ हजार रुपैयाँको ९१ लाख ९४ हजार ६ सय ६३ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको थियो।

प्रतिक्रिया दिनुहोस्