आईपीएल : पञ्जाब र लखनउ भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पञ्जाब किङ्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुने भएको छ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति पौने ८ बजेदेखि सुरु हुने छ।

पुनेमा आज पञ्जाब पाँचौ जितको खोजीमा हुने छ। उता लखनउ भने छैटौँ जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ। जारी प्रतियोगितामा पञ्जाब ८ खेलमा ८ अङ्क जोड्दै सातौँ स्थानमा रहेको छ । लखनउले ८ खेलमा १० अङ्क जोडेको छ । 

प्रतिक्रिया दिनुहोस्