जिम्बावेविरुद्धको शृंखला : अमेरिकी भ्रमणअघि अवसर, के भन्छन् प्रशिक्षक र कप्तान



काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आफ्नो तयारी पूरा भएको जनाएको छ।

नेपाली टिमका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकले टिमको तयारी राम्रो भएको र शृंखला जित्न खेल्ने बताए।

यस्तै सन्दीप र पुबुदुले अमेरिकामा हुने विश्वकप लिग-२ खेल्नु अघि यो अभ्यासलाई सहज हुने बताए । यस्तै नेपाली टिमलाई आफ्नो गल्ती सुधारको अवसर रहने बताएका छन्।

नेपालले घरेलु मैदानमा वैशाख १७ गतेदेखि (भोलि) जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ। नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो।

के भन्छन् दुबै टोलीका कप्तान कोचः

सन्दीप लामिछाने कप्तान, नेपाली टिम

जिम्बावे टिमलाई स्वागत छ। हाम्रो टिम सन्तुलित छ। हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयोग गर्यौ र काम पनि गर्यौ। हाम्रो लागि अमेरिका जानुअघि यो राम्रो अवसर हो। जिम्बावे राम्रो टिम हो। उनीहरुसंग खेल्न सजिलो हुने छैन। प्रतिस्पर्धा हुने अपेक्षा छ। तयारी राम्रो छ सबै खेलाडी तयार छन्।

पुबुदु दासानायके प्रशिक्षक, नेपाली टिम

जिम्बावेलाई स्वागत छ । खुशी छौँ स्वागत गर्न पाउदा। हाम्रो लागि अमेरिका टुर अघि अवसर हो। अबको दश महिना हाम्रो क्रिकेट व्यस्त छ। २४ खेल बाँकी छ।

हामी त्यसअघि (विश्वकप लिग–२) युवा खेलाडीलाई अवसर दिन क्वालिटी क्रिकेट खेल्न चाहन्छौँ। जिम्बावे ए सँग क्वालिटी क्रिकेट खेल्ने योजना छ। यू१९ टिमका केही खेलाडी पनि छन्।

जिम्बावे कप्तान टोनी

हामी नयाँ अनुभव हेर्दैछौँ। हाम्रो टिम युवा छ। राम्रो गर्न तयार छौँ।

जिम्बावे कोचः डौग्लास होन्डु

हामी युवा टिम लिएर आएका छौँ। हामीले केही रिजनल खेल खेलेका थियौँ। हाम्रो लागि यो टुर धेरै महत्वपूर्ण छ। यहीबाट खेलाडीहरु राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा गर्दैछन्। नयाँ युवा खेलाडीहरु छन्। हाम्रो खेलाडीको लागि यहाँ चुनौतीपुर्ण अवसर हुनेछ। प्रतिस्पर्धात्मक सिरिजको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्