जुवाखालमा प्रहरीको छापा : ३ लाख नगदसहित १० जना पक्राउ



गाईघाट : उदयपुरको चौडण्डिगढी नगरपालिका ५ सुन्दरपुर सिवाइबाटप्रहरीले तीन लाख नगदसहित १० जनालाई पक्राउ गरेको छ। एक काठ मिलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार बिहान छापामार्दा प्रहरीले नगद ३ लाख ४ हजार ७ सय १५ रुपैँयासहित उनीहरूलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा चौडण्डिगढी नगरपालिकाका सन्तोष मगर, होमबहादुर राउत, सुजन अधिकारी, महेश राउत, बेलका नगरपालिकाका बिष्णु श्रेष्ठ र सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरका बिनोदकुमार चौधरी, दिपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए।

 

नगद, एक सेट कौडा र २० बुक तास र एक थान गलैचा पनि पक्राउ गरिएको पौडेलले जानकारी दिए। जुहाडेलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्