आईपीएलमा चेन्नईले हैदरावादलाई हरायो



काठमाडौं । सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो।

हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए। कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए ।चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए । डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे।

हैदरावादका टी नटराजनले २ विकेट लिए । जितसँगै चेन्नईले ९ खेलबाट ६ अङ्क जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अङ्क जोडेर चौथो स्थानमा छ। आइतबारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्