इंग्लिस प्रिमियर लिग : टोटेनहम र एभर्टनको जित, चेल्सी पराजित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्‍यो ।

टोटेनहमको  जितमा सन ह्युङ मिनले दुई गोल गरे। यस्तै ह्यारी केनले एक गोल गरे। लेस्टरका केलिचीले सान्त्वना गोल गरे। जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौथो स्थानमा छ । लेस्टर ४२ अङ्क जोडेर ११ औं स्थानमा छ। यता, रेलिगेसन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औं मिनेटमा निर्णायक गोल गरे।

जितपछि एभर्टनले रेलिगेसन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ ।एभर्टनले ३३ खेलबाट ३२ अङ्क सहित १८ औं स्थानमा छ । चेल्सी ६६ अङ्क जोडेर तेस्रो स्थानमा  छ।

प्रतिक्रिया दिनुहोस्