‘हाजार्डभन्दा नेइमार उत्कृष्ट’



काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन स्टार मार्सेलोले आफ्ना सहकर्मी नेइमार उत्कृष्ट खेलाडी रहेको बताएका छन्। स्पेनिस मिडिया मार्कासँगको कुराकानीमा मार्सेलोले नेइमार विश्वको उत्कृष्ट खेलाडी भएको र उनी रियल मड्रिड आए आफू स्वागत गर्न आतुर रहेको बताए।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार पछिल्लो समय क्लब छाडने मनस्थितिमा छन्। पूर्वक्लब बार्सिलोना फर्कने योजनामा रहेका उनको कमब्याकको सम्भावना कमै रहेको बताइएको छ।

Image result for marcelo neymar hazard

बार्सिलोना र पिएसजीबीच कुरा नमिलेपछि उनी अन्यौलमा छन्। यद्यपि, उनले स्पेनको महारथी क्लब रियल मड्रिड आउने संकेत गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। मिडियाका अनुसार रियल मात्र नभएर नेयमारको नजर इटालीको च्याम्पियन्स क्लब युभेन्टस पनि रहेको छ।

यद्यपि, यस विषयमा आधिकारिक जानकारी भने नेइमार, पिएसजी, युभेन्टस र रियल मड्रिड कसैले दिएको छैन्। रियलमा भने चेल्सीबाट बेल्जियम स्टार इडेन हाजार्ड अनुबन्धित भइसकेका कारण नेइमारको सम्भावना कम देखिएको छ।

तर, रियल मड्रिडका स्टार मार्सेलो भने आफ्नो राष्ट्रिय टोलीका सहकर्मी नेइमारलाई रियलमा देख्न चाहेको बताउँछन्। उनले भर्खरै आफ्नो क्लबमा भित्रिएका हाजार्डभन्दा नेयमार उत्कृष्ट भएको बताएका छन्।

‘हाजार्ड एक माथिल्लो स्तरका खेलाडी हुन्। उनी नेइमार जत्तिकै उच्च स्तरका हुन्। उनीसँग टप–५ मा हुने क्षमता छ।’ मार्सेलोले थपे, ‘उनी प्रभावशाली छन्। तपाईंहरू नेइमार र हाजार्डलाई तुलना गर्न सक्नुहुन्न। तर, मेरा लागि नेइमार उत्कृष्ट हुन्। उनी अप्रत्याशित खेलाडी हुन्। मैदानमा उनलाई रोक्न असम्भव छ। यदि, नेइमार रियलमा भएमा यो एकदम खुसीको कुरा हुने थियो।’

मड्रिडले नयाँ सिजनका लागि यसअघिनै केही ठुला खेलाडी अनुबन्धन गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस्