सी डिभिजन लिग : झापा र आरसी ३२ लाई शतप्रतिशत नतिजा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई चर्चित टिम झापा फुटबल क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जितलाई निरन्तरता दिएका छन् ।

लिगको चोथो चरणका कुल सात खेल हुँदा १४ गोल भएका छन् । जहाँ दुई खेलमा भने हार जितको नतिजा निस्केको छैन । समग्रका लिगको चौथो चरणका गोलसंख्या कमसमेत भएका छन् ।

९ वैशाखदेखि सुरु भएको लिगका सुरुवाती चार खेलमा जित निकालेको झापा शीर्ष स्थानमा छ । यस्तै, समान खेलमा समान नतिजा निकालेको आरसी ३२ दोस्रो स्थानमा रहँदा प्लानिङ ब्वाइज युनाइटेड आठअंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेका सानेपा, मनोहरा युनाइटेड र महावीर क्लब क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

समान ६ अंक जोडेका रानीबारी स्पोर्ट्स र समाज कल्याण खेलकुद केन्द्र सातौं र आठौं स्थानमा छन् । चार खेलमा पाँच अंक जोडेको खालीबारी युथ क्लब नवौं तथा चार खेलमा चार अंक जोडेको स्पोर्ट्स एकेडेमी साँगा १०औं स्थानमा छ ।

पुल्चोक तीन अंकसहित ११औं तथा दुई अंक जोडेको स्वयम्भु क्लब १२औं स्थानमा छ । क्रमशः १३औं र १४औं स्थानका ओसिस र वीरगञ्ज युथ एकेडेमीले अंक जोड्न सकेका छैनन् । एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।

१, पहिलो चरणका खेल र नतिजाः

स्पोर्टस् एकेडेमी सांगा १-२ महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी १-० खालीवारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब ०-१ प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाईटेड क्लब ४-० वीरगञ्ज युथ एकेडेमी
ओसिस क्लब ०-३ सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब ४-३ स्वयम्भू क्लब
समाज कल्याण्ड खेलकुद केन्द्र २-४ झापा एफसी

२, दोस्रो चरणका खेल र नतिजा

महावीर क्लब १-१ प्लानिङ ब्वाईज क्लब
खालिवारी युथ एफसी २-२ स्पोर्टस् एकेडेमी साँगा
पुल्चोक स्पोर्टस् क्लब ०-२ सानेपा क्लब
मनोहरा युनाईटेड क्लब १-१ स्वयम्भू क्लब
आरसी ३२ फुटबल एकेडेमी ३-१ वीरगञ्ज युथ एकेडेमी
रानीवन स्पोर्टस् क्लब ०-१ समाज कल्याण खेलकुद केन्द्र
ओसिस क्लब ०-१ झापा फुटबल क्लब

३, तेस्रो चरणका खेल र नतिजा

स्पोर्टस् एकेडेमी साँगा ०-२ प्लानिङ ब्वाइज युनाईटेड
खालीबारी युथ क्लब २-० वीरगञ्ज युनाईटेड
महावीर क्लब ३-२ सानेपा क्लब
आरसी ३२ फुटबल क्लब ३-२ स्वयम्भू क्लब
पुल्चोक स्पोर्टस् क्लब ०-१ झापा फुटबल क्लब
मनोहरा युनाइटेड क्लब १-२ समाज कल्याण्ड खेलकुद केन्द्र
ओसिस क्लब १-२ रानिवन स्पोर्टस् क्लब

४, चौथो चरणका खेल र नतिजा

वीरगञ्ज युथ एकेडेमी ०-२ स्पोर्टस् एकेडेमी साँगा
खालिबारी युथ फुटबल क्लब २-२ स्वयम्भू क्लब
प्लानिङ ब्वाइज युनाईटेड १-१ सानेपा क्लब
महावीर क्लब १-२ झापा फुटबल क्लब
पुल्चोक स्पोर्टस् क्लब १-० रानिवन स्पोर्टस् क्लब
आरसी ३२ फुटबल एकेडेमी १-० समाज कल्याण खेलकुद केन्द्र
मनोहरा युनाईटेड क्लब १-० ओसिस क्लब

प्रतिक्रिया दिनुहोस्