नेपालमा आयात बढेको छ : अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताएको हो । गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको बताए। अर्थतन्त्र कस्तो बनाउने भन्ने विषय निजी क्षेत्रको भूमिका नरहने पनि उनको तर्क छ।

निजी क्षेत्रको उद्देश्य नाफामुलुक भएको भन्दै उनले कर्जा कहाँ गएको छ, सही दिशामा गयो वा गएन भनेर नियामक निकायले हेर्नु पर्ने उनले बताए।

‘समयमा जिम्मेवार निकायले नहेर्ने अहिले आएर निजी क्षेत्रलाई दोष दिनु राम्रो होइन,’ उनले भने। अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको उनले बताए। उनले विदेशी मुद्राको सञ्चिति बढाउन रेमिट्यान्स वृद्धि, विदेशी लगानी आकर्षण र निर्यात वृद्धिको नीति ल्याउन समेत सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्