रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको घाँटी रेटी हत्या



सुनसरी : जिल्लाको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय  बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । 

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए । 

हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्