रुसी सेनाले छाडे युक्रेनको मारिउपोल सहर



एजेन्सी । अधिकांश रुसी सेनाले युक्रेनको प्रमुख बन्दरगाह सहर मारिउपोल छोडेका छन् । पेन्टागनले बिहीबार यो जानकारी दिएको हो ।

अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनले युक्रेनी बन्दरगाह सहर मारिउपोल वरपर रहेका अधिकांश रुसी सेनाले उक्त क्षेत्र छोडेर उत्तरतर्फ सरेको बताएको छ ।

अमेरिकाले अब करिब २,००० रूसी सेनाहरू मात्र बाँकी रहेको दाबी गरेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार भनेका छन्, । मारिउपोलमा रूसी हवाई आक्रमण अझै जारी छ, तर रुसी सेनाले यस क्षेत्रको नियन्त्रण फिर्ता लिनमा थोरै सफलता पाएको छ र मुख्य युद्ध पूर्वी डोनबासमा केन्द्रित छ।

किर्बीले अगाडि भनेका छन्, मे ९ को दिन नजिकिँदै गर्दा उनले रुसको कारबाही र गतिमा कुनै फरक देखिएको छैन । ? रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको विजयको मिति मे ९ लाई विजय दिवसको रूपमा मनाउँछ

प्रतिक्रिया दिनुहोस्