पहिलो एक दिवसीयमा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित



काठमाडौं । पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ सँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहदै ४८ रन बनाए । ब्राड इभान्स १७ रन अविजित रहे । यस्तै सेफास झुवाले ३२ रन जोड्दा रोय कियाले १४ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए ।

करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए । आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी सुन्य रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे । जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए । भिक्टर, ब्राण्डन माभुता र सेफासले २/२ विकेट लिए । जितसँगै जिम्बावेले तीन खेलको सिरिज १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्