भाजपाको आरोप : राहुल गान्धीले कोरोनाका कारण भएको मृत्युमाथि राजनीति गरे



एजेन्सी । भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीमाथि कोरोनका कारण भएको मृत्युमाथि राजनीति गरेको आरोप लगाएको छ । पार्टीका प्रवक्ता सम्बित पात्राले गान्धीमाथि यस्तो आरोप लगाउँदै लगाउँदै विश्व स्वास्थ्य संगठनको डेटा र कांग्रेसका ‘बेटा’ दुबै गलत भएको टिप्पणी गरेका हुन् ।

कोभिडका कारण भएको मृत्युको अनुमान डब्ल्यूएचओले जुन तरिकाले लगाएको छ, त्यसमा थुप्रै कमी भएको र भारत सरकारले आफ्नो आपत्तिबारे विश्व स्वास्थ्य संगठनलाई बताइसकेको उनले बताएका छन् ।

उनले भने, ‘पूरा विश्व मान्छ कि प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा भारतले जुन तरिकाले कोरोनाविरुद्ध लडाईं लडे त्यो पूरा विश्वका लागि उदाहरण थियो । यस्तोमा मृत्युको आँकडामाथि राजनीति गर्नु निकै दुःखद हो । जबकी विकसित देशभन्दा निकै उत्कृष्ट तरिकाले भारतले युद्ध लडेको छ ।’

साथै पात्राले राहुल गान्धीले लगातार भारतलाई बदनाम गर्ने कोसिस गरिरहेको समेत तर्क गरेका छन् । गान्धीले बेलाबेलामा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपालाई प्रहार गरेर भारतलाई बदनाम गरिरहेको भन्दै यो दुःखद भएको बताएका छन् । उनले अगाडी भने भाजपा शासित राज्य र गैर–भाजपा शासित राज्यमा मृत्युको विश्लेषण गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्