पब्लिक यूथ क्याम्पसलाई बीबीए क्रिकेटको उपाधि



काठमाडौं । आयोजक पब्लिक यूथ क्याम्पसले लगातार तेस्रो पटक टियु बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआईटी) १२ रनले पराजित गर्‍यो।

पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पुरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो।

केसीएमआईटिको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक यूथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २–२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १र१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको पब्लिक यूथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो।

पब्लिक यूथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए। केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १–१ विकेट लिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक यूथका रबिन साउद घोषित भए। यस्तै उत्कृष्ट बलर पब्लिक यूथका दिवस भट्टराई र उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए।

उपाधिसँगै पब्लिक यूथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटीले ३५ हजार रुपैयाँ प्राप्त गर्‍यो। विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गरे।

म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्