सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छ : जेलेन्स्की



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् ।

लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनी युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको  क्रिमियाबारे भने केही उल्लेख गरेनन् । 

रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । कारखानालाई रुसी सेनाले लामो समयदेखि घेराबन्दीमा राखेका छन् । 

मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताए ।

युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै उनले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नको लागि  २३ फेब्रुअरीसम्मको स्थिति  पुनः प्राप्ति गर्न कदम चाल्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्