मधेसमा सबैभन्दा बढी उम्मेदवारी, मेयरमा मात्रै एक हजार ४२० जना उम्मेदवार



काठमाडौं । स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी मधेस प्रदेशमा परेको छ। निर्वाचन आयोगका अनुसार मधेसमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको हो।

अन्य प्रदेशभन्दा मधेस प्रदेशमा झण्डै दोब्बर उम्मेदवारी परेको छ। मधेसमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जना, उपप्रमुखमा ६३८, गाउँपालिकाको अध्यक्षमा ८९३, उपाध्यक्षमा ४७९ जनाको उम्मेदवारी परेको छ। मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन्।

सबैभन्दा कम गण्डकी प्रदेशमा उम्मेदवारी परेको छ। गण्डकीमा १२ हजार नौ जनाको उम्मेदवार परेको हो। गण्डकी प्रदेशमा एक महानगर, २६ नगर र ५८ गाउँपालिका गरी कूल ८५ स्थानीय तह छन्। मधेस प्रदेशपछि बागमती प्रदेश २२ हजार ६६५ जनाको उम्मेदवारी परेको छ।

ती मध्ये प्रमुखमा ५१८, उपप्रमुखमा २९९, गाउँपालिकाको अध्यक्षमा ५१९, उपाध्यक्षमा ३२३ को उम्मेदवारी परेको हो। लुम्बिनी प्रदेशमा २२ हजार ४२६, प्रदेश नं। १ को २१ हजार ५२२, सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८, कर्णाली १२ हजार ५९६, नगरप्रमुखमा पुरुष तीन हजार नौ जना र महिला २२९, गाउँपालिका अध्यक्षमा पुरुष दुई हजार ९३७ र महिला ११५, नगरको उपप्रमुखमा पुरुष ५३० र महिला एक हजार ४३४ तथा गाउँपालिका उपाध्यक्षमा पुुरुष ५२० र महिला एक हजार ६४३ को उम्मेदवारी परेको आयोगले जनाएको छ।

कूल ३५ हजार २२१ हजार पदमा एक लाख ४५ हजार एक जनाको उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। निर्वाचनका लागि आयोगले मतपत्र सबै मतदान केन्द्रमा पठाइसकको जनाएको छ। आगामी शुक्रबार देशभर ७५३ स्थानीय तहमा एकै पटक निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्