यातायात कार्यालयमा मुख्यमन्त्रीको छड्के, प्रमुखसहित २१ जना अनुपस्थिति 



काठमाडौं : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलका यातायात कार्यालयमा छड्के गरेका छन् । मुख्यमन्त्री पोखरेलले यातायात व्यवस्था कार्यालय लाइसेन्स र मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालय सवारीमा छाड्के गरेका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बैकुण्ठ अधिकारीका अनुसार मंगलबार बिहान करिब १० बजे सवारीतर्फको यातायात कार्यालयमा पुग्दा २१ जना कर्मचारी अनुपस्थित रहेको बताए । उनले कार्यालय आइपुग्ने समय १०ः१५ भएपनि कार्यालय प्रमुख नै झण्डै १०ः३० मा आइपुगेका थिए । उनको हाजिरी अनुपस्थिति बनाइएको बताए । 

लाइसेन्स तर्फको कार्यालयमा २९ दरबन्दीमध्ये ११ जना कर्मचारी अनुपस्थित रहेका थिए । यी कार्यालयमा काम कारबाहीको रेकर्ड प्रणाली उपयुक्त नभएको भन्दै मुख्यमन्त्री पोखरेलले चुस्त दुरुस्त राख्न निर्देशन  दिए ।

समयमा कार्यालयमा नआउने कर्मचारीलाई स्पष्टिकरण सोधि आवश्यक कारबाही अघि बढाउने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

प्रदेश ५ को मातहतमा रहेको यी दुई कार्यालयमा अनियमितताका घटना बढेपछि चौतर्फी आलोचना भइरहेको थियो । यसैक्रममा मुख्यमन्त्री पोखरेलले छड्के चेक गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्