कन्टेनरले थिचेर २ जनाको मृत्यु, ३ घाइते



मकवानपुर : चुरियामाईमा कन्टेनर पल्टिँदा २ जनाको मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिका–१५ मा कन्टेनर पल्टिँदा अरू ३ जना घाइते भएका छन्। चुरियामाईमा सोमबार रातिदेखि बिग्रिएर सडकमा तेर्सो परेको भारतीय कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा त्यही कन्टेनरले  किचेर उनीहरूको मृत्यु भएको थियो।

कन्टेनर उचालेर किनारा लगाउने क्रममा राजमार्गमा गुडिरहेको अटो, सुमो र मोटरसाइकललाई किचेको बताइएको छ। मृत्यु हुनेहरूको सनाखत भएको छैन।

 

प्रतिक्रिया दिनुहोस्