मिथिलाञ्चल क्षेत्रमा छठ पूजाको तयारी तीव्र



जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ । यो मैथिली समुदायको प्रमुख पर्व हो । 

छठ पर्वको लागि अहिले जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जा सागर, महाराज सागर लगायत आस पासका पोखरी र तलाउ सर सफाइ तथा सजावटको कार्य सुरु भएको हो । अहिले जनकपुरमा रहेका पोखरी तथा तलाउलाई झकिझकाउ पार्न स्थानीय युवा क्लब तथा विभिन्न संघसंगठन खटिएका छन् । 

बजारमा छठ पूजामा प्रयोग हुने सामग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, दियो, कपडा, फलफुल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न ग्राहकको भीड बढेको छ । 

तीन दिनसम्म उपवास बसी मनाइने छठ पूजा पछिल्लो समय तराई मधेसमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ । पछिल्लो समय छठ पर्व नेपालको सन्दर्भमा पहाड र तराई मधेसलाई जोड्ने साझा पर्वका रुपमा विकास हुँदै आएको छ ।

यस पर्वले पहाड र मधेस तथा हिन्दु र मुस्लिम सबैको साझा पर्वको रूपमा विकाश  हुँदै गएको र्सस्कृतिविद् दिनदयाल ओझाले बताए । यो पर्व हिन्दुको भए पनि तराई मधेसका मुस्लिम धर्मावलम्बीले समेत छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्