थपिए १७ जना कोरोना संक्रमित, १५ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा १७ कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ३८११ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन । नेपालमा सक्रिय संक्रमितको संख्या २१७ जना रहेको छ । नेपालमा हालसम्म ११ हजार ९ सय ५२ जनाको कोरोनाबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्