रम्भा भन्छिन्, ‘यो जति पुण्य कार्य अब गर्न पाउँदिन होला’ 



नवलपरासी : नवलपरासी वर्दघाट सुस्ता पश्चिम परासी बजार नजिकै एक जना महिला सडकमै प्रसव पिडाले छट्पटाई रहेकी थिइन् ।  बच्चाको आधा शरीर आमाको शरिरबाट बाहिर आइसकेको थियो र आधा शरीर आमाकै शरिरमा थियो ।

महिलो लुगा जिङ्रिङ कपाल अवस्था हेर्दा निकै दर्दनाक अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यो भन्दा अगाडि कहिल्यै उनी त्यो ठाउँमा देखिएकी थिइनन् । कहाँबाट आइन् को हुन् कसैलाई थाह छैन तर स्थानीयले उनको अवस्था देखेपछी प्रहरीको सहयोगमा पुथ्वी चन्द्र अस्पताल परासीमा लगे । अस्पतालमै छोरो जन्माइन्  तर त्यहाँ उनलाई बुझ्ने कोही भेटिएनन्,  न उनलाई कसैले चिन्थे पनि ।

मानसिक अस्वस्थताको कारण उनी आफैले आफू गर्भवती भएको समेत थाह थिएनन् । बच्चाको बुबा को हो भन्ने जान्ने त कुरै थिएन ।उनको अवस्थाबारे जानकारी पाउनासाथ रामग्राम नगरपालिकाकी उप प्रमुख रम्भा कुँवर उनलाई भेट्न पुगिन् । द नेपाल टपसँग कुरा गर्दै रम्भाले भनिन्, ‘म पुग्दा त उनको सह्यै दयनीय अवस्था थियो, लुगा पनि च्यातिएको  महिलो कपाल पनि लट्टा परेको नजिक पर्दा गनाउने थियो  अनि अर्को कुरा आफैले जन्मिदिएको बच्चा लाइ मतृस्नेय देलिन् भनेको त उनले बच्चालाइपनि चिमोट्ने , पिट्ने गरिन त्यो देखेर मलाई माया लाग्यो ’ उप प्रमुखको त्यो दया क्षणिक र देखाउनकालागी मात्र थिएन ।

उनले ती महिलालाई परिवारसँग पुनः मिलन गराएरै छाड्ने अठोट गरिन् । उनकै पहलमा ती बङ्गलादेशी महिलालाई काठमाडौंको कोसिस नामक संस्थामा उपचार गराइन् । नगरपालिकाले उपचार खर्च बेहो-यो । करिब ४ महिना सम्मको उपचार पश्चात् उनी उनको स्वास्थ्यमा निकै सुधार आयो । अब भने उनले आफ्नो सन्तानलाई मातृत्व दर्साइन् । पहिले बासी भात कोचाइदिन खोज्ने उनी अहिले छोरा दश महिनाको पुग्दा समेत दूध बाहेक अरू केही खुवाउन खोज्दिनन् ।

उनले आफ्नो नाम सहिला खातुन भएको बताइन् । रामग्राम नगरपालिकाले नै सञ्चालन गरेको सेफ हाउसमा पुन उनलाई राखियो । उनी अव आफ्नो बच्चाको स्याहार आफै गर्न सक्ने भइन् । नगरपालिकाका उपप्रमुख रम्भा कुँवर उनलाई आफ्नै देश फर्काउन चाहन्थिन् । त्यसैले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति मार्फत उनले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे । तर दूतावासले खास्सै वास्ता नगरेको उपप्रमुख कुँवर बताउँछिन् ।

Image may contain: 4 people, people standing

एक दिन नगरपालिका र सुरक्षा निकायहरूको संयुक्त बैठकमा प्रहरी उपरीक्षक लालमणि आचार्यले यो काम मानव सेवा आश्रमको समन्वयमा हुनसक्ने बताएपछि उपप्रमुख रम्भा कुँवर निरन्तर मानव सेवा आश्रमको सम्पर्कमा रहिन् । रेडियो परासीमा कार्यरत मालती न्यौपाने केही समय अघि बङ्गलादेशमा कार्यतर थिइन । साहिलको परिवार खोज्न उनले सघाइन् । यस अघि पनि काठमाण्डौंको महाराजगन्जमा वर्षैदेखि मनोरोगी बनेर बसेकी महिलालाई  उपचार गरी दूतावास मार्फत घर फर्काएको अनुभव मानव सेवा आश्रमसँग थियो  ।

त्यही अनुभव यस पटक साहिलको पारिवारिक पुनर्मिलन का लागि प्रयोगमा आयो । मानव सेवा आश्रमका प्रदेश २ प्रमुख देवेश गुप्ताले दूतावाससँग सम्पर्क गरेर सहिला खातुनको बारेमा जानकारी गराए । दूतावासले कागजपत्र माग्यो र उनलाई स्वदेश फर्काउन आश्रम सफल रहयो ।  घरमा उनको आमा र तिन छोरी छन् । छोरा नजन्माएको भन्दै श्रीमान्ले उनलाई पटक पटक कुटपिट गर्दै आएका थिए । सहिला परिवारबाट निस्केको एक वर्ष अघि मात्र उनको श्रीमान्को मृत्यु भएको उनी बताउँछिन् ।

उनलाई नेपाल कसरी आइपुगिन त्यसबारे केही थहाँ छैन । दुइओटा बस चढेको र दुई ओटा ट्रेन चढेको मात्र याद छ । छोरा नजन्माएको कारण श्रीमान्को कुटपिट सहनुपरेको सहिला नेपालबाट छोरा उपहार लिएर आज करिब दुई वर्षपश्चात् विमान बङ्गलादेश एयरलाइन्सबाट ढाका प्रस्थान गरेकी छिन् । यता उपमेयर रम्भाले आफ्नो कायषर््कालको सबैभन्दा सफल कार्य भएको बताइन् उनले भनिन् ‘ म धेरै खुसी छु , सायद यो भन्दा पुण्य कार्य मैले जीवनमा गरेकी पनि थिइन होला सायद गर्न पनि पाउँदिन होला’  मानवियताको हिसाबले आफूले गरेको पहल सार्थक भएको मा उनी मक्ख छिन् ।

प्रतिक्रिया दिनुहोस्