मोदीले लुम्बिनीको भ्रमण गर्नुमा कुनै गोप्य उद्देश्य छैन् : क्वात्रा



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार गर्न लागेको लुम्बिनी भ्रमणका विषयमा भारतको विदेश मन्त्रालयले शुक्रवार विशेष प्रेस ब्रीफिङ गरेको छ ।

ब्रीफिङमा सम्बोधन गर्दै विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री मोदीको यो भ्रमणले नेपाललाई भारतले दिएको उच्च महत्त्वलाई झल्काउने बताएका छन् ।

अहिले नै किन मोदीले लुम्बिनीको भ्रमण गरेको भनी एक भारतीय पत्रकारले सोधेको प्रश्नमा क्वात्राले नेपाल र भारतबीचको पुरानो समयदेखिको सांस्कृतिक सम्बन्धलाई प्रधानमन्त्री मोदीले बारम्बार दोहोर्‍याउने गरेको बताएका छन् ।

बुद्ध जयन्तीको पवित्र अवसरमा प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गर्नुमा कुनै गोप्य उद्देश्य नरहेको क्वात्राको भनाइ छ । प्रधानमन्त्रीको भ्रमणले उक्त सभ्यतागत सम्बन्धलाई उत्सवका रूपमा मनाएको उनको कथन छ ।

यसमा अतिरिक्त अर्थ निकाल्नुभन्दा पनि भारतको छिमेक पहिले नीतिलाई विचार गर्नुपर्ने क्वात्राले बताए ।

प्रतिक्रिया दिनुहोस्