कैलालीको बर्दगोरिया गाउँपालिकामा एमालेको अग्रता



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन् । चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली कांग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन् । बर्द गोरियामा सत्तारुढ गठबन्धनबीच तालमेल गरिएको छ ।

यसैगरी राप्रपाका नवीन जोशीले १३ र नागरिक उन्मुक्ति पार्टीले ३८ मत पाएका छन् । बर्दगोरियाको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् । बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकातर्फबाट उपाध्यक्ष उम्मेदवार गणेशराज गिरीले १५४, नेकपा एमालेकी ईन्दु कठरिया ११९ र राप्रपाका उम्मेदवार कर्मा सिंहले २३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्