बालेन दोब्बर मतले अगाडि, पछ्याउँदै केशव र सिर्जना



काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८मत पाएकी छन् ।

बालेनको अग्रताले उनका समर्थकहरु उत्साहित भएका छन् । सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरमा बालेनले हालसम्म अग्रता कायम राखेका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ३१ र ३२ को मत गणना भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्