दार्चुलाको शैल्यशिखरमा एमालेका धामी विजयी



दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ। एमालेका विजयसिंह धामीले ५ हजार ५०९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह धामीले ४ हजार ४६२ मत प्राप्त गरे । उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ।

उपप्रमुखमा शान्ति खडायतले ५ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने उनकी निकटतम प्रतिस्पर्धी राजमती पालले ४ हजार ५७५ मत प्राप्त गरिन्।

यसअघि महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पनि जितेको एमालेले दार्चुलाको दोस्रो नगरपालिका शैल्यशिखरमा पनि जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्